Saturday, September 24, 2011

म पनि म्याराथन दौडमा नेपाल च्याम्पियन हुँ

एउटा बोलेरो (पजेरो ) कार होटल याक एण्ड यतिको पार्कमा आएर टक्क रोकीयो 
गाडिबाट टाईसुट र कालो गगल्स चस्मा लगाएको मानिस ओर्लियो र बारमा छिर्यो 
त्याहा उसले एउटा सानो कागजको टुक्रामा लेख्यो
यो मेरो कोट कसैले पनि छुने कोसिस नगर्नु होला म कराँते डो मा नेपाल च्याम्पियन हुँ
यति लेखेसकेर पछि उ ट्वाइलेट तिर गयो केही क्षणपछि फर्केर आँउदा कोट नै गायब रहेछ 
त्यहि ठाउँमा यसो हेर्दा त अर्को चिट लेखेर पो राखेको रहेछ 
यो मेरो दमलाई कसैले पनि चुनैती नदिनुहोला म पनि म्याराथन दौडमा नेपाल च्याम्पियन हुँ

No comments:

Post a Comment